मङ्सिर, ८ कालीकोट एक मात्रै प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा क्षेत्र रहेको कालीकोटमा प्रदेशसभा (क) नेकपा माओवादी केन्द्र वाट गठवन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गरे ।
दुर्ग बहादुर रावत ले ९ हजार ११ मतले विजयी हुनुभएको छ भने उहाँ का निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले का कुर्म राज शाही ले ७ हजार ९ सय ५२ मत प्राप्त गर्नु भएको छ ।
प्रदेश क मा ३५ हजार ३ सय ५१ मतदाता मध्ये कुल खसेको मत १९ हजार ९३१ मध्ये दुर्ग बहादुर रावत ले ९ हजार ११ मत प्राप्त गरेका छन् शाही ले ७ हजार ९ ५२ मत पाएका छन् । राप्रपाका सुर्य बहादुर शाही ले १हजार ७१ मत प्राप्त गर्नु भएको छ ।
नेमकिपाका रबिन्द्र वहादुर शाही ले १ हजार १ सय ७२ ल्याउनु भएको छ । प्रदेशसभामा निर्वाचित रावत २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा २१११२ ल्याएर निर्वाचित पनि भएका हुन





तिलाप्रेस । ८ मंसिर २०७९, बिहीबार ०८:३४