रुकुम पश्चिममा ६ हजार मत गणना गर्दा जनार्दन शर्मा दोब्बरले अगाडि

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माको मतगणनाको शुरुवातदेखि नै करिब दोब्बर मतले अग्रता लिइरहेका छन् । एमालेका नन्दराम देवकोटाले शर्मालाई पछ्याइरहेका छन् ।

६ हजार ४ सय २ मत गणना गर्दा शर्माले ४०१०, एमालेका देवकोटाले १५९४, सुर्यमुखी ३९० र राप्रपाले १६१ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा १ तर्फ माओवादीका महेन्द्र केसीको अग्रता रहेको छ । केसीले २२३५ मत ल्याएका छन भने एमालेका नारायण कुमार शाहले ७४१ मत ल्याएका छन् ।

त्यस्तै प्रदेश सभा (२ तर्फ माओवादीका राज कुमार शर्माले १७६५ र एमालेका कर्ण बहादुर घर्तीले ९६४ मत ल्याएका छन् ।

 

तपाईको प्रतिक्रिया