माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले २२ कात्तिकमा साविकको माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने भएका छन् ।
प्रचण्डले एकैसाथ तीन जिल्लामा गठबन्धनको आमचुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टीका एक नेताले जानकारी दिएको छ । माओवादीका नेता मनऋषि धितालका अनुसार अध्यक्ष कालिकोट जुम्ला, र हुम्लामा चुनावीसभालाई सम्बोधन गर्नेछन् ।

नेता धितालले प्रचण्ड बिहान ९ बजे सुर्खेत आउने छन् । सुर्खेतबाट जुम्लामा ९.५० बजे आउने भएका छन् ।यसैगरी, माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठबन्धनको चुनावी सभा सम्बोधन गरेपछि हुम्लाको सर्केघाटमा १०.१० मा जाने तालिका छ । यसैगरी, सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२. ३० मा कालिकोट आउने तालिका छ ।
तिलाप्रेस । २२ कार्तिक २०७९, मंगलवार ०७:५०