कमल कुमाल कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ का १६ जना बाढी पहिरो पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।
असोज १९ गते देखी करिव ७ दिनसम्म परेको अविरतल वर्षाका कारण वाढी र पहिरो बाट पिडित नागरिकलाई खाद्यान्न सामाग्री वितरण गरिएको बताईएको छ ।
उक्त खाद्यान्न बितरण कार्यक्रममा नगर प्रमुख धर्मराज शाही ,वडा नं.३ का वडा अध्यक्ष राजेन्द्र नाथ योगी ,लगायतका बाढी पहिरो पिडितहरुको सहभागीता रहेको थियो । उक्त पिडित परिवारलाई १ थान त्रिपाल १ कट्ठा चामल ५ केजी दाल २ पाकेट तेल लगायतका अन्य सामाग्री हस्तान्तरण गरिएको छ।
वाकि क्षती भएका घरधुरीलाई राहत तथा उद्दार गरिने समेत बताइएका

तिलाप्रेस । २९ आश्विन २०७९, शनिबार १६:२७