राष्ट्रिय बाल दिवस मनाउदै मातृभूमि एजुकेसनल एकेडेमी

कमल कुमाल बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकारभन्ने नाराका साथ आज रास्कोट  नगरपालिका वडा ३ मा रहेको मातृभूमि एजुकेसनल एकेडेमी वोडिङ्ग स्कुलले राष्ट्रिय बाल दिवस मनाइयको छ  । नेपालमा भदौ २९ गते  राष्ट्रिय बाल दिवसमनाउने गरिएको छ ।

सन् १९९० को सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको हो ।२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि हरेक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको समेत बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया