निर्माण व्यवसायी निर्वाचन, २४५ मत खस्यो

सुर्खेत नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको नयाँ नेतृत्वका लागि आज भएको निर्वाचनमा मतदान सकिएको छ। दिउँसो १२ बजेबाट शुरू भएको मतदानमा २४५ मत खसेको निर्वाचन समितिले जनाएको हो।

कुल २८० मतदातामध्य ३५ मत खसेन्। मतगणना केही बेरमा शुरू गरिने गृहकार्यमा निर्वाचन समिति जुटेको छ नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निर्माण व्यवसायी पदम खड्का र बसन्त विक्रम जिसी चुनावी मैदानमा छन्। दुवै जनाले प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन्।

वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर कार्की र विक्रम गिरी उम्मेद्वार छन् । यस्तै उपाध्यक्षमा चार जना प्रतिस्पर्धामा उत्रिएका छन्। कार्लमाक्स श्रेष्ठ, गोविन्द मल्ल, चित्रनाथ योगी र विनोद गिरी उम्मेद्वार छन्।

तपाईको प्रतिक्रिया