काठमाडौंका सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन

काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फर स्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि कतै फोहोर व्यवस्थापन हुन बाँकी भएको पाइए महानगरलाई जानकारी दिन नागरिकलाई आग्रह गरे ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

यसअघिको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकभन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ । यही हिसाबमा व्यवस्थापनको काम भए र बीचमा केही समस्या नआए आगामी सातासम्ममा टेकुमा थुपारिएको फोहोरको पनि अन्तिम व्यवस्थापन कार्य हुने भनाइ विभागको छ ।

केही दिनअघि मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई एक साताभित्र सबै फोहर व्यवस्थापन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनअनुरुप निजी कम्पनीले व्यवस्थापनको काम नियमित गरेपछि उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर व्यवस्थापन भएको हो ।

तपाईको प्रतिक्रिया