सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक समुहहरुको क्षमता विकास तथा विधान निर्माण सम्बन्धी ३ दिने कार्यशाला बिहिवार सम्पन्न भएको छ।कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका १९ वटा वडा स्तरिय समूह र पालिका स्तरिय कार्यसञ्जाल, नरहरिनाथ सुशासन युवा संजालका पदाधिकारीको बाक्लो उपस्थितिमा मंगलवार सुरु भएको कार्यशाला आज सम्पन्न भएको हो।
सहकर्मी समाज दाङका संस्थागत विकास अधिकृत पुनाराम पन्थिको प्रशिक्षणमा सुरु गरिएको उक्त कार्यशालामा २५ जनाको उपस्थिती रहेकोमा आज ११ जनाको सामुदायिक विकास संञ्जाल गठन गरिएको सहकर्मी समाज द्वारा संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम नरहरिनाथका सामुदायिक सहजकर्ता लोकेन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो।उहाँका अनुसार कार्यशालाको अन्तिम दिन आज समुदायमा सुशासन कायम गर्ने उद्देश्यले “सामुदायिक बिकास संञ्जाल”(सिडिएन ) को काम, कर्तव्य र उद्देश्यको बारेमा छलफल समेत भएको र संस्थाको बिधान मस्यौदा निर्माण र कार्यसमिती चयन गरिएको बताईएको छ। जसमा, बिमला कुमारी बटाला अध्यक्षमा, रोजा कुमारी बुढा उपाध्यक्षमा, जुनिता बिष्ट सचिवमा, रबिता बोहोरा कोषाध्यक्षमा, लक्ष्मी बिक सह(सचिवमा गरि ११ सदस्यिय कार्यसमिती चयन गरिएको सहकर्मी समाज द्वारा संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम नरहरिनाथ का सामुदायिक सहजकर्ता बिष्टले जानकारि दिनुभयो।

तिलाप्रेस । ११ भाद्र २०७९, शनिबार १८:३६