चालु आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारको खर्च ६२ प्रतिशत मात्र

सुर्खेत, २७ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा कुल बजेटको ६२.३७ प्रतिशतमात्रै खर्च गर्न सकेको छ ।
प्रदेश लेखा कार्यालय सुर्खेतका अनुसार संघीय सशर्तलगायतको कुल बजेट ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रुपैयाँ खर्च भएको हो ।
यद्यपि कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षमा कुल ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट ल्याएको थियो । जसअनुसार चालूतर्फ १३ अर्ब ७८ करोड २९ लाख ९६ हजार ६९८ बजेट रहेकोमा नौ अर्ब १२ करोड ८१ लाख २४ हजार ३४८ रुपैयाँ खर्च गरेको छ ।
यस्तै पूँजीगततर्फ २४ अर्ब ५७ करोड ४१ लाख ३२ हजार ३०२ मध्ये १४ अर्ब ७५ हरोड १७ लाख ८५ हजार ४२६ रुपैयाँ खर्च गरिएको छ ।
सबैभन्दा बढी मुख्य न्यायाधिवक्ताको कार्यालयले खर्च गरेको कार्यालयका सूचना अधिकारी मिलनकुमार शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया