बाल अधिकार महासन्धि १९८९ र तेस्रो इच्छाधिन आलेखको अभिमुखीकरण

सुर्खेत, असार । बाल अधिकार महासन्धी १९८९ र तेस्रो इच्छाधिन आलेखको अभिमुखीकरण कार्यक्रम सोमबार सुर्खेतमा सम्पन्न भएको छ । कर्णाली प्रदेशसभाको सामाजिक विकास समिति, सामाजिक विकास मन्त्रालको समन्वय र सेभद चिल्ड्रेन र बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कार्यक्रममा बोल्दै सामाजिक विकास समितिका अध्यक्ष देवि ओलीले बाल अधिकार सबैको सरकारको विषय बन्नुपर्ने र प्रदेश सरकारले त्यसको नेतृत्वदायि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

यस्तै सामाजिक विकास मन्त्रालयका योजना महाशाखा प्रमुख विनोद आचार्यले प्रदेश सरकारले विगतदेखि नै बालबालिकाका क्षेत्रमा बजेट विनियोजन गर्दै आएको बताउँदै आगामी दिनमा अझै बृद्धि गर्न पहल गर्ने बताउनुभयो ।

सेभ द चिल्ड्र मध्य तथा सुदुरपश्चिम कार्यालय सुर्खेतका प्रमुख धन भुषालले बाल अधिकार प्रवद्र्धनका लागि तीनै तहका सरकारहरुसंग सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभयो । बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका अध्यक्ष टिकाराम आचार्यले बालबालिकाको सवालहरुलाई तीनै तहका सरकारहरुले प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कानुनविद तथा बालअधिकारकर्मी शिवप्रसाद पौडेलले बाल अधिकार महासन्धी र त्यससंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राब्धानका बारेमा प्रस्तुती गर्नुभएको थियो । कर्णाली प्रदेशका सरोकारवालाहरुलाई बालबालिकाका सवाल र बाल अधिकार महासन्धीको तेस्रो इच्छाधिन आलेख बारेमा जानकारी उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया