काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित हुने पक्का भएको छ । मिडफिल्डर डी मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने भएका छन् ।
युभेन्ट्स र डी मारियाबीच एक वर्षे सम्झौताका लागि सहमति बनेको बताईएको छ । ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।
डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए । डी मारियाले सात सिजन क्लबमा बिताएर पीएसजी छाडेका हुन् ।
पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका छन् । यस्तै १ सय ११ असिस्ट गरेका छन् । पीएसजीका लागि उनले १८ उपाधि जितेका छन् ।

तिलाप्रेस । २२ असार २०७९, बुधबार १५:२१