जुम्ला २२ असार । जुम्लाका दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ ।
जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या ह्वातै बढेको पाइन्छ । पातारासी ४ मा पर्ने डिल्लीचौर स्वास्थ्य चौकीको तथ्यांक केलाउँदा १२ जना किशोरीहरु १५ वर्षमै आमा बन्दै छन ।
चालु आर्थिक वर्षको तथ्यांक हेर्ने हो । भने उमेरको आधारमा स्वास्थ्य चौकीमा १२ जना किशोरीले २० वर्ष नपुग्दै विवाह गरेको पाइएको छ ।
५२ जना किशोरीहरु आमा बन्दै छन् । जस मध्ये दर्जनौ किशोरीको उमेर पुगेको छैन्। डिल्लीचौर स्वास्थ्य चौकीमा नियमित गर्भ चेकजाँच गर्न आउने किशोरीहरु प्रायः २० वर्ष मुनिका रहेको सिनियर अनमी केमा लामा रावलले बताउनुभयो । २० वर्ष नपुग्दै गर्भ जाँच गराउने किशोरीहरूको संख्या हेर्दा बालविवाहको अबस्था अझै भयावह रहेको देखिन्छ ।
शिक्षा, चेतनाको अभाव तथा गरिबीका कारण दूरदराजमा अझै बालविवाहको समस्या विद्यमान रहेको छ ।
जसका कारण सानै उमेरमा बच्चा जन्माउने आमा बन्ने र शिक्षा, स्वास्थ्य,रोजगारका अवसरबाट बन्चित हुनुपर्नेमा बाध्यता कायमै रहेको छ ।
उहाका अनुसार ८–१० कक्षासम्म अध्ययन गर्ने १५–१७ वर्ष उमेर समूहका छात्राको बढी छन् ।
स्थानीय तहले बालविवाहलाई पूर्ण रूपमा विस्थापित गर्ने योजना बनाएका छन्, तर प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकेका छैनन ।
बालविवाहलाई गाउँपालिकामा निषेध गर्ने निर्णय गरिएको छ । प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन सकिएको छैन, तर प्रयत्न भने भइरहेको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार गत आव २०७७÷७८ मा जुम्लाका आठै तहका ८ सय ६० जना २० वर्षमुनिका बालिकाहरू गर्भवती भएका थिए ।
मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ ।

तिलाप्रेस । २२ असार २०७९, बुधबार १५:१२