बिस मेगावाटसम्मका विद्युत आयोजनाको अध्ययन गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत, २१ असार (जागरण) । कर्णाली प्रदेश सरकारले २० मेगावाटसम्मका विद्युत आयोजना निर्माणका लागि अध्ययन थालेको छ ।
जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले २० मेगावाटसम्मका विद्युत आयोजना अध्ययन गर्नुका साथै सम्भावित आयोजनाको स्क्रिनिङ ¥यांकिङ गरी निर्माण अगाडि बढाउन लागेको बताउनुभयो ।
उहाँले निर्माण चरणमा रहेका जलविद्युत आयोजनामा शेयर लगानी सुरु भएको जानकारी दिनुभयो । भेरी, तिला, जेवा, नलगाड, कर्णाली लगायत एक दर्जन साना खोला रहेको कर्णालीमा विद्युत् उत्पादनका लागि विभिन्न स्थानमा अध्ययन चलिरहेको छ ।
मन्त्रालयले पहिलो चरणमा डोल्पामा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा लगानीको काम सुरु गरेको छ । त्यस्तै दैलेखको रारा जलविद्युत आयोजना शेयर लगानी आह्वान गर्न लागिएको छ ।
मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले तिला र जेवा नदीमा जलविद्युत आयोजनामा समेत लगानी गर्न लागेको बताउनुभयो । जाजरकोटको ताक्सुगाड जलविद्युत आयोजना निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
नलगाड जलविद्युत आयोजनासँग ताक्सुगाड जलविद्युत आयोजना कर्णाली प्रदेश सरकारले बनाउनका लागि माग गरिएको मन्त्री सिंहले जानकारी दिनुभयो ।
सात मेगावाट विद्युत उत्पादन क्षमता रहेको ताक्सुगाड जाजरकोट नलगाड नगरपालिका १० मा पर्छ । विद्युत विकास ऐन निर्माण गरी मन्त्रिपरिषदमा पेश गर्न लागिएको छ । विद्युत विकास ऐनमा समेत २० मेगावाटसम्मका जलविद्युत आयोजना प्रदेशले बनाउने भन्ने उल्लेख छ ।
स्वदेशी लगानीमा निर्माण हुन लागेको जगदुल्लामा शेयर लगानी आह्वान गरी छिटो परिणाम निकाल्नेगरी काम गर्नका लागि जलस्रोत तथा उर्जा विकास मन्त्रालय तिव्र रूपमा लागेको मन्त्री सिंहको भनाइ छ ।
आयोजना स्थलमा सडक लिनका लागि भएको बाधा व्यवधान हटाउन तीनवटा मन्त्रालयबीच छलफल समेत भएको छ ।
संविधानले दिएको व्यवस्था अनुसार प्रदेश सरकारले कर्णालीमा सम्भाव्यता अध्ययनलाई तीव्र गतिमा पुर्याउने लक्ष्य रहेको छ । सम्भाव्यता अध्ययनका लागि मन्त्रालयले एक करोड ५० लाख बजेट बिनियोजन गरेको छ ।
डोल्पामा विद्युत् पु¥याउन धमाधम प्रशारण लाइन निर्माण
डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पु¥याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ ।
यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पु¥याएर अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता दिन काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जानकारी दिएको छ ।
रुकुमपश्चिमको गोतामकोट, जाजरकोट, रुकुम र डोल्पाको सिमाना त्रिवेणी र मध्य डोल्पाको त्रिपुराकोटबाट एक साथ प्रसारण लाइनको काम चलिरहेको छ ।
डोल्पामा तत्काल विद्युत् पु¥याउनका लागि प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
बुधबार मात्र विद्युत् प्राधिकरण प्रदेशिक कार्यालयले ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिका, जगदुल्ला गाउँपालिका र काइके गाउँपालिकामा त्रिपुराकोटस्थित सबस्टेशनबाट विद्युत् लिनका लागि बोलपत्र आह्वान गरेको छ ।
त्रिपुरोकोट सबस्टेशनमा विद्युत् पुग्नेबित्तिकै पालिकामा विद्युत् पु¥याउने भन्दै बोलपत्र आह्वान गरी कामलाई गति दिइएको हो ।

तपाईको प्रतिक्रिया